गायक गायिका रोशन अधिकारी दुर्गा खरेलद्वारा स्वरबद्ध नयाँ गीतधर्ति आकाश हालै राजधानीमा आयोजित एक समारोहबीच म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।
संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीत सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आउन सफल भएको छ। गतशुक्रबार सार्वजनिक भएकोे यो गीत रिलिजभएको करिब ४१ घण्टामा करिब १० लाखभन्दा बढी भ्युजसहित युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आउन सफल भएको हो। गीत र यसको म्युजिक भिडियोले अहिले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतमा शब्द रचनासमेत संगीतकार अर्जुन पोखरेलकै रहेको छ।
गीतको म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले अभिनय गरेका छन्। उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको म्युजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन्। म्युजिक भिडियो फिल्मी शैलीमा तयार पारिएको छ।











प्रतिक्रिया