शान्ति सैनिक पठाउने राष्ट्रसंघको दोस्रो वरीयतामा नेपाल



काठमाडौं, (नेस) । 

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिने शान्ति सैनिक खटाउने मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका द्वन्द्वग्रस्त १२ वटा देशमा १ सय २१ देशका शान्ति सैनिक खटिएका छन् ।

नेपालले १२ वटा शान्ति स्थापनार्थ मिसनमा सहभागिता जनाउँदै आएको छ । विभिन्न मिसनमा शान्ति सैनिक खटाउने मुलुकमा पहिलो बंगलादेश रहेको छ । उसले ६ हजार ५ सय ५४ जना शान्ति सैनिक खटाएको छ भने नेपालले ५ हजार ५ सय ७१ जना शान्ति सैनिक खटाएर दोस्रो स्थानमा रहेको छ ।

त्यसै गरी, तेस्रो स्थानमा भारत रहेको छ । उसले ५ हजार ५ सय २५ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटाएको छ । त्यसै गरी, इथियोपियाले ५ हजार ४ सय ८८ शान्ति सैनिक खटाएर चौथो स्थानमा रहेको छ भने रुवान्डा ५ हजार ३ सय ३१ सैनिक खटाएर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्