अरुलाई हँसाउँने चम्सुरी मृगौलाले काम गर्न छोडेपछि डुबिन् आँशुमा


सधैं अरूलाई हँसाउँदै आएकी अभिनेत्री पल्पसा डंगोल (चम्सुरी) स्वयंको जीवनमा भने आँशुको भेल बग्न पुगेको छ।मेरी बास्सैलगायतका विभिन्न हास्य र सामाजिक टेलिफिल्म तथा फिल्ममार्फत लामो समयदेखि दर्शकलाई हँसाउँदै र मनोरञ्जन प्रदान गर्दै आएकी लोकप्रिय अभिनेत्री डंगोल मृगौलाले काम गर्न छोडेपछि आंशुमा डुब्न पुगेकी हुन्।केही वर्षदेखि उच्च रक्तचाप झेल्दै आएकी पल्पसाको मृगौलाले काम गर्न छोडेपछि उनी तीन सातादेखि काठमाडाैको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेकी छिन्। तीन सातादेखि अस्पतालमा बसेर डाइलँसिस गर्र्दै आएको र १५ वर्षदेीख मृगौलामा समस्या भए पनि पल्पसाले शनिबार राति मात्र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौला लगायतका कलाकारलाई फोन तथा एसएमएस गरी आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी थिइन्।

मृगौलाको समस्यासँग जुध्दै आएकी पल्पसा तीन साताअघि अचानक फोक्सोमा समस्या आएपछि शिक्षण अस्पताल पुग्दा उनको दुवै मृगौलाले काम गर्न छोडेको र मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प भएको डाक्टरले जानकारी दिएका थिए। यस अवधिमा उनले तीनचोटी डाइलासिस गराइसकेकी छिन्। पल्पसाको मृगौलामा समस्या भएको खबर बाहिरिएपछि केही कलाकारले उनलाई सहयोग गर्न आह्वान गरिरहेका छन्। अभिनेत्री दीपाश्री निरौलाका अनुसार उनको मृगौला प्रत्यारोपणका लागि चिकित्सकसँग सल्लाह भएको छ। ‘

हामीले डाक्टरलाई भेटेर सल्लाह ग-योँ। अब पल्पसाको मृगौला प्रत्यारोपण मात्र विकल्प भएको डाक्टरहरूले बताएका छन्’ दीपाश्रीले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भनिन्-नेपालको कानुनअनुसार हाडनाताभित्रका मानिसले मात्र मृगौला दिन सक्छन्। त्यसैले उनमा कसरी मृगौला प्रत्यारोपण गर्ने भन्नेबारे सर-सल्लाह गरिरहेका छौँ।’पल्पसाले अरूको टेलिफिल्म र फिल्ममा अभिनय गर्नुका अलावा आपै पनि टेलिफिल्म निर्माण र निर्देशन गर्दै आएकी छिन्। उनले स्टेज कार्यक्रमहरूमा प्रहसनसमेत प्रस्तुत गर्र्दै आइरहेकी थिइन्।