कान्समा टाइटेन सर्वोत्कृष्ट


विश्वको प्रतिष्ठित फिल्म पुरस्कारमध्ये एक मानिने कान्स फिल्म फेस्टिभलको ७४औं सस्करण आधिकारीक रूपमा शनिबार समापन भएको छ।

दुई सातासम्म चलेको समारोहमा फिल्म टाइटेनले सर्वोत्कृष्ट फिल्मको पुरस्कार जितेको छ। अन्तरंग दृश्यसहितको उक्त फिल्मलाई कान्समा निकै रुचाइएको थियो। यससँगै जुलिया डुकोर कान्स फिल्म फेस्टिभलमा पाम डी ओर अर्थात् सर्वोत्कृष्ट फिल्मको पुरस्कार जित्ने दोस्रो महिला बनेकी छिन् भने एकल रूपमा यो पुरस्कार पाउने पहिलो महिला बनेकी छिन्। समारोहमा क्यालेब लन्ड्री जोन्सले फिल्म निट-यामका लागि सर्वोत्कृष्ट अभिनेता तथा नर्वेकी रेनेट रिन्सवले फिल्म अवस्र्ट पर्सन इन द वल्र्डका लागि सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार च्ु्मिन्।

फिल्म ड्राइभ माई कारले पटकथाको, अ नाइट अफ नोइङ नथिङले वृत्तचित्र (ओइल डिओर पुरस्कार) र गोल्डेन आई डकुमेन्ट्री पुरस्कार,अ हिरो र कम्पार्टमेन्टले ग्य्रान्ड प्रिक्स अवार्ड, अहेड्स नी र मेमोरियाले जुरी पुरस्कार, अगस्ट स्काईले लघु फिल्म, द डिभाइडले क्विर पाम अवार्ड चुमेका छन्।उता क्रिटिक्स विक्सअन्र्तगत पहिलो पुरस्कार द सेलमेन्डर चाइल्ड, दोस्रो पुरस्कार सेलमेन्डर र तेस्रो पुरस्कार लभ स्टोरिज अन द मुभलाई प्रदान गरिएको थियो। अन्य पुरस्कारमा फेदर्स र ओमार एल जोहरीलाई नेसप्रासो ग्य्रान्ड, एली ग्राप्पे तथा राफेल डेस्प्लेचिन ओलगालाई सोसाइटी अफ ड्रयामेटिक्स अथर्स एन्ड कम्पोजर्स, यान्ड्रा मेलिसा टोेरेस र एम्वपारेलाई लुइस रोडेरर फाउन्डेसन राइजिङ स्टार पुरस्कार प्रदान गरिएको थियो।

त्यस्तै ,फिल्म अनक्लेचिङलाई द फिस्टसअन सर्टन रिगार्डस, ग्रेट फ्रिडमलाई जुरी, ल्याम्बलाई ओरिजिनालिटी,प्रेयर्स फर द स्टोलेनलाई स्पेसल मेन्सन अवार्ड प्रदान गरियो भने अ चियरालाई युरोप सिनेमाज लेबल अवार्डप्रदान गरिएको छ। कोरोना महामारीको कारण गत वर्ष कान्स फिल्म फेस्टिवल स्थगित गरिएको थियो। सदाझँैं यसपटक पनि विश्वका विभिन्न फिल्म क्षेत्रका सेलिब्रेटीले भाग लिएको समारोहको रेड कार्पेटमा विभिन्न सेलिब्रेटीकोे फरक तथा अनौठो फेसन, श्रृंगार तथा हाउभाउले चर्चा कमाएको थियो।