बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु



न्युज अफ नपाल ,काठमाडौं ।

बर्दियामा बाघको आक्रमणमा परी फेरि एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.६ मोतिपुर बस्ने बर्ष ७० का  गोरे थापा रहेकाे प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही जानकारी दिए ।

शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएको अवस्था उनलाइ बाघले आक्रमण गरेको हो ।उनी संगै गोठाला गएका स्थानियहरु घर फर्किदा निज गोरे थापा घर नआएकोले स्थानियबासीहरु शनिबार शाँझ जंगल गई खोजतास गर्दा भेटिएनन्।

आइतबार बिहान स्थानियले प्रहरी पोष्ट बकुवामा जानकारी गराएपछि सशस्त्र प्रहरी निरीक्षक अब्दुल कलाम खाँको प्रहरी टोली, ठाकुरद्वारा राष्ट्रिय निकुञ्जबाट जम्दार जय बहादुर चन्द ८ जना ३ वटा हात्ती सहितको टोली र स्थानियले खोजतलास गर्ने क्रममा आज बिहान ८:०० बजे ओरही पुल देखी अन्दाजी ५०० मिटर तल खोलाको बाँध नजिकै थापाको शव छेदविच्छेद आवस्थामा फेला परेको  प्रहरी जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्