प्रधानमन्त्रीको नाममा नयाँ ट्विटर अकाउन्ट !

2k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री सचिवालयले सञ्चालन गर्दै आएको ट्विटर अकाउन्टको फलोअर र भेरिफिकेसन दुवै उडेको छ ।

निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएका ट्विटहरू अर्काइभ गर्ने क्रममा फलोअर र भेरिफिकेसन उडेको बताइएको छ । प्रधानमन्त्री परिवर्तन भएसँगै नयाँ सचिवालयलाई हस्तान्तरण हुँदै आएको प्रधानमन्त्रीको यो भेरिफाइड अकाउन्ट यसअघि देउवाको सचिवालयबाटै ओलीको सचिवालयलाई हस्तान्तरण गरिएको थियो ।