बालुवाटारमा काँग्रेस पदाधिकारी बैठक बस्दै



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक काँग्रेसको बैठक बसेको छ ।

बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल हुने बताइएको छ । देउवाले आफ्नो पक्षका बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्कीलाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् भने माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्