एनआरएनए स्पेन निर्वाचनमा म्याड्रिड क्षेत्रबाट केन्द्रिय सचिवमा शनिसा गुरुङ्गको लोकप्रियता बढे संगै जित निश्चित



दिपेन्द्र गजुरेल , स्पेन ।

गैरआवासीय नेपाली संघ, स्पेनको क्षेत्रिय सचिव ९म्याड्रिड० पदका लागि शनिसा गुरुङ्गो लोकप्रियता बढे संगै जित सुनिश्चित जस्तै भएको समाजका अगुवाहरु चुनावी अभियानमा बताउने गरेका छन् । कास्की जिल्ला घर भई स्पेनको राजधानी म्याड्रिडमा बस्दै आएकी सनिसा गुरुङ्ग यस क्षेत्रकी लोकप्रिय उमेदवार समेत हुन् । गुरुङ्गले क्षेत्रिय समिति म्याड्रिडको महिला संयोजक पदमा सफल भुमिका निर्वाह गरेर आफ्नो योजना केहि अधुरै रहेकाले पनि म्याड्रिड क्षेत्र गत केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएको बताउछिन् ।

गुरुङ्ग भन्छिन् युवा पुस्ताहरुले समाज हाक्ने हो पछि हट्ने होईन,डटेर विकृती विसङ्गतिलाई परास्त गर्नका लागि सामाजिक अभियान्ताहरुको म प्रति दर्शाउनु भएको हौशलाले गर्दा केहि गर्नुपर्छ भन्ने भावनाले गर्दा मैले उमेदवारी दिएको हुँ जित निश्चित छ घोषणाको प्रतिक्षामा छुु चुनावी मैदानमा उनले बताईन् ।केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएकी शनिसा गुरुङ्ग निडर स्वभावकी युवती हुन ।गुरुङ्ग एनआरएनए क्षेत्रिय समिति म्याड्रिडमा केहि समाजका लागि गर्नुपर्छ हामी ले नगरे कस्ले गर्छ,मुख ताकेर होईन स्वतःस्फुर्त रुपमा निस्वार्थ भावनाले सहयोगी र सहयात्री बन्न रुचाउने एक अभियान्ता हुन् ।विभिन्न सामाजिक संस्थाहरु मार्फत समाजसेवामा सक्रिय गरुङ्ग स्पेनमा लोकप्रिय रुपमा चिनिन्छिन् ।

गुरुङ्गले जारी गरेको अपिल सहित

आदर्णीय स्पेनवासी सम्पूर्ण,आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सादर नमस्ते। महिला सशक्तिकरण र सहभागिता ,हिजो, आज र सदाको लागि आवश्यकताु वास्तवमा म आज जे छु र जस्तो छु , यो केवल हजुरहरुको माया र साथको‌ कारणले मात्र यस ठाउँमा छु ।हजुरहरुको प्रेरणाको कारण सामाजसेवालाई निरन्तरता दिनको‌ लागि मैले गैरआवासीय नेपाली संघ,स्पेनको महाधिवेसन (२०२१ मा केन्द्रिय सचिब ९म्याड्रिड क्षेत्रगत० पदको लागि उमेद्वारी दिएकी हुँ।

स्पेन म्याड्रिड को बसाईका क्रममा यहाँको नेपाली राजदूतावास संग समन्वयात्मक भुमिका गर्दै धेरै नेपाली दिदीबहिनी एवं दाजुभाईहरुलाई सहयोग गर्दै आईरहेको छु ।

शुन्दर भबिष्यको खोजीमा विदेशीन बाध्य हामी नेपालीहरुको परिस्थितीलाई मध्य नजर गर्दै स्पानिसहरु संग सम्पर्क गरेर म्याड्रिडमा आउनु भएका दिदी बहिनीहरुलाई काम खोजी दिने लगायत बिभिन्न सहयोगहरु गर्दै आईरहेको छु ।एन आर एन ए क्षेत्रीय समिति म्याड्रिडको २०१९ ( २०२१ कार्यकालमा महिला संयोजकको भूमिकामा रहि कुशलता पुर्वक कार्यकालसम्पन्न गरेको अनुभब, भबिष्यता न्यौपाने र सियोना श्रेष्ठहरुको अवस्था प्रति म्याड्रिडको नेपाली समुदाय लाई एकिकृत गर्दै आफ्नै संयोजकत्वमा सहयोग अभियान संचालन गरि जिम्मेबारिका साथ पुरा गरेको यहाँहरु सबैलाई अवगत नै छ ।

कोरोना महामारीको कारण स्पेनमा लकडाउन भएको गत वर्षको कहाली लाग्दो अबस्थामा म्याड्रिडमा बस्ने धेरै नेपालीहरुलाई राहत वितरण घर घर पुर्याउने गर्नेको अभियानमा सक्रियताका साथ काम गरेको मात्रै नभएर अहिले नेपालमा भएको कोरोनाको संकटमा पोखराका ८ परिवारलाई करिब १ महिना भन्दा बढि समयका लागि खाध्यान्नको व्यवस्था पनि गरि रहेको थिए ।

म्याड्रिडको नेपाली समुदाय संगको घुलमिल र सहकार्यबाट पाएको अनुभबलाई स्पेन भरिको नेपाली समुदाय माझ पुर्याउन, म्याड्रिड क्षेत्रिय समिति र एनआरएनए स्पेन बिच पुलको काम गरि अझै बढि सहकार्यको वातावरण सृजना गर्ने, म्याड्रिड स्थित नेपाली राजदूतावाससंग हातेमालो गर्दै स्पेनवासी नेपालीहरुका समस्या, अप्ठ्यारा र बिबिध कामहरुमा सहकार्य गर्नका लागि एनआरएनए स्पेनको आगामी२०२१ ( २०२३ कार्यकालका लागि म्याड्रिड क्षेत्रको सचिबमा उम्मेद्बारी दिएकी छु।

बिगतमा एनआरएनए म्याड्रिडमा नेपाली समुदायको सेवा गर्ने अवसर प्रदान गर्नु भए झैं यस पटक पनि स्पेनको नेपाली समुदायको सेवा गर्ने अवसर प्रदान गर्नु हुनेछ भन्ने पूर्ण आशाका साथ सबैको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।अन्तमा स् कुनै व्यक्ति पूर्ण हुदैंन ,म पनि सिक्ने क्रममा छु र सिक्दै छु,बोलिभन्दा काममा विश्वास गर्दछु।हजुरहरुको साथ र माया प्रतिक्षामा छु । म र मेरोको भावना छोडि, जातियरराजनितिकरलैङ्गिकरवर्गिय भन्दा माथि उठेर ,हामी र हाम्रो र नेपालीपनको भावनालाई आत्मसात गर्दै अघि बढ्ने अठोट गरेकि छु ।

प्रतिक्रिया दिनुहोस्