अनुको लालीगुराँस


जनगायक जीवन शर्माकी छोरी अनु शर्मा पनि गायन क्षेत्रमा आएकी छिन्।उनले लालीगुराँस फुल्यो वनैमा बोलको गीतबाट यसको शुरुआत गरेकी हुन्। नवगायिका अनुले पहिलो गीत जन्मदिनको अवसर पारेर आफ्नै नामको युट्युब च्यानल स्थापना गरेर सार्वजनिक गरेकी हुन्।

पहिलो चरणमा लिरिकल भिडियो सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोसमेत चाँडै निर्माण गर्ने गायिका शर्माले बताइन्। राष्ट्रियताको भाव बोकेको गीतको शब्द तथा संगीत निलिमा पुनले तयार गरेकी छिन्। आशिष अविरलले एरेञ्ज गरेको गीतको लिरिकल भिडियो तुलसी बास्कोटाले सम्पादन गरेका छन्।