देशभर थप २६७६ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

868
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा थप ३३ जना संक्रमितको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।