साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस

392
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले साउन ३ गते दिउँसो ४ बजेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । असार २८ गते काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै सर्वोच्चले साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो ।