भन्सार छली ल्याएका राँगासहित दुई जना पक्राउ



न्युज अफ नेपाल ,काठमाडौं ।

भारतबाट नेपालकाे बर्दिया गुलरिया नगरपालिकाकाे पशुहाट बजारमा भन्सार छली ल्याएका १६ राँगासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साेही नगरपालिका ११ बस्ने ३३ बर्षीय अब्दुल सलाम गद्दी र २४ बर्षीय वसिम गद्दी  रहेका छन् ।

अवैध राँगा भित्र्याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषी तथा पशुपंक्षी विकास कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्दा नियम बमोजिम हुनुपर्ने कागजपत्रहरू केही नभेटिपछि उनीहरुलाई पक्राउ गरिएको सुचना अधिकारी हेमबाहदुर शाहीले जानकारी दिए ।

अनुसन्धानमा उनीहरुले प्रतिराँगा ५०,००० देखि ८,००,०००० सम्ममा बेच्ने गरेको खुलेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्