एनआरएन स्पेन निर्वाचनमा महिला उपाध्यक्षमा कमला बराल लोकप्रीयता बढ्यो



स्पेन  ।

गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुने निर्वाचनमा महिला उपाध्यक्षको लागि स्पेनको नेपाली समुदायमा लोकप्रीय बनेकी कमल बरालले उम्मेदवारी दिएकी छिन । स्पेनको सुन्दर शहर पाइसभास्को बिल्बाओबाट प्रतिनिधित्व गर्ने बराल लामो समयदेख एनआरएनए अभियानमा सक्रिय भएर लागेकी महिला हुन् । करिब १ दशक देखि स्पेनमा बस्दै आएकी बराल २०१५ मा पाइसभास्कोमा एनआरएनए स्पेनको क्षेत्रीय समिती गठन हुँदा संस्थापक सदस्य रहेकी थिइन ।

त्यसपछि उनको एनआरएनए अभियानमा निरन्तर सक्रिय सहभागिता हुँदै आएको छ । क्षेत्रीय समितीको २०१७–१९ मा सचिव भएर सफल कार्यकाल सम्पन्न गरेकी बरालले २०१९–२१ को अध्यक्षको रुपमा भर्खरै सफल कार्यकाल पुरा गरी हालै नयाँ नेतृत्वलाई कार्यभार सुम्पेर केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन । एनआरएनए तथा संघसस्थाहरुमा महिला सहभागिता र सक्रियता लागि आवाज उठाउँदै आएकी बराललाई स्पेनका नेपाली समुदायले एक आशा लाग्दो महिला नेतृत्वको रुपमा लिएका छन् । स्पेनको नेपाली समुदाय र संघसस्थामा महिलाहरु नेतृत्वमा पुग्न नसकिरहेको अबस्थामा आफुले नेतृत्वमा लागि दावी गरेको र यसले भोलीका दिनमा धेरै महिलाहरुलाई नेतृत्वका लागि अगाडि बढ्न हौसला हुने उनले बताएकी छिन् । उनले आफु महिला उपाध्यक्षको लागि चुनावी मैदानमा आएको भएपनि भोलीका दिनमा निर्वाचित भैसकेपछि पुरै स्पेनको समुदायका लागि काम गर्ने तर प्राथमितामा महिला समुदाय नै रहने बताईन ।

स्पेनमा लामो समयदेखि बसेकोले यहाँका नेपालीहरुको समस्या र खासगरी डिपेन्डेटको रुपमा आउने महिलाहरुलाई समुदायमा घुलमिल हुन धेरै समय लागेको आफुले पाएकोले त्यसमा सहजिकरण गर्ने कार्यक्रम र योजना आफुले अघि सार्ने बताइन् । उनले महिला र नयाँ पुस्ताका बालबालिकाहरुलाई स्पेनमा एनआरएनए तथा अन्य कुनैपनि संघसस्थाले सम्बोधन गर्न नसकेकोले आफुले यसमा मुख्य ध्यान दिने बताइन् । साथै एनआरएनएको महिला विभागसँगको सहकार्य गरेर नेपाली समुदायका लागि धेरै काम गर्न सकिने उनले बताइन् ।एनआरएनमा परिवर्तन गर्ने आफुहरुको योजना रहेको भन्दै उनले एनआरएनए केन्द्रको योजना अनुसार डिजिटल एनआरएन बनाउने र स्पेनको एनआरएनलाई आत्मनिर्भर तथा बलियो संस्था बनाउन नेपाल हाउस, सामुहिक सहकारी, अक्षय कोषको स्थापना लगायतका योजना पुरा गर्न आफुहरु लाग्ने उनले बताइन् ।

आफु लामो समयदेखि एनआरएनए अभियानमा रहेको भन्दै उनले एकपटक सक्षम महिलालाई केन्द्रीय नेतृत्वमा अघि बढाउन सवै स्पेनबासी नेपालीलाई आग्रह गरेकी छिन् । बराल भन्छिन ुसबै समाजका सामाजिक अभियन्ताहरुले साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेर नै म उमेदवारी दिन आएको पनि दावी गरेकी छिन् । एनआरएनए स्पेनको आगामी कार्यकालका लागि यही जुलाई २६ तारिकमा अनलाइन भोटिङ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्