बिहेको चार महिनामै आमा बनिन् दिया


बलिउड अभिनेत्री दिया मिर्जा बिहेको ४ महिनामै आमा बनेकी छिन्। गत फेब्रुअरी १५ मा व्यापारी वैभव रेखीका साथ विवाह बन्धनमा बाँधिएकी उनले विवाहकोे डेढ महिनापछि आफू गर्भवती रहेको खबर सार्वजनिक गरेकी थिइन् ।

दियाको विवाह भएको ४ महिनापछि नै आमा बनेको खबरले उनका फ्यानहरू भने खुशीको साथै चकित पनि परेका छन्। दियाले हालै मात्र सामाजिक सञ्जालमा नवजात शिशुको एक फोटो अपलोड गर्दैै गत मे १४ अर्थाथ दुई महिनाअघि नै आमा बनेको उल्लेख गरेकी छिन्। पछिल्लो समय दिया गर्भवती भएको खबर र उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने विभिन्न फोटोका कारण चर्चामा थिइन्।

३९ वर्षीया दियाको वैभवसँग दोस्रो विवाह हो। यसअघि, उनले फिल्म निर्माता शाहिल संघका साथ विवाह गरेकी थिइन्। शाहिलसँगको चार वर्षको वैवाहिक जीवनको अन्त्यपछि उनले वैभवसंँग विवाह गरेकी थिइन्।