सार्वजनिक सवारी साधनको भाडा वृद्धि



काठमाडौं, (नेस) । 

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ ।दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दुरीको सवारीसाधनमा भाडा बढाइएको विभागले जनाएको छ ।

यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारीसाधनमा २० प्रतिशत र पहाडमा चल्ने मालवाहक सवारीसाधनमा २६ प्रतिशत भाडा बढाइएको हो ।पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत खर्चका आधारमा भाडा बढाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभएको छ ।२०७२ साल यता भाडादर नबढाइएको र सवारीसाधनमा सबै कुरामा मूल्यवृद्धि भइरहेकै आधारमा भाडा बढाइएको भुसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्