पेट्रोलियम पदार्थको मूल्य घट्यो

434
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको छ ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम पेट्रोल तथा डिजेल/मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको हो । अब पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम भएको छ ।