प्रधानमन्त्री देउवा र एमाले नेता नेपालबीच भेटवार्ता

938
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्ताका लागि प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालकै निवासमा पुगेका हुन् ।

एमालेमा नेपाल समूहका सांसदको समर्थन जुटाएर विश्वासको मत प्राप्त गर्ने उद्धेश्यका साथ प्रधानमन्त्री देउवाले नेता नेपाललाई भेटेको बुझिएको छ ।