दोहोरो अंकले शेयर बढ्यो


काठमाडौं, (नेस) । 

नयाँ सरकार गठन हुने भनिएको दिन मंगलबार शेयर बजारमा दोहोरो अंकले बढेको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१ दशमलव शून्य ३ बिन्दुमा पुगेको छ ।

कुल २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार रुपियाँमा खरिद बिक्री भए । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण ३९ खर्ब ९३ अर्ब ७५ करोड ९४ लाख रुपियाँ पुगेको छ । कारोबार भएका १३ समूहमध्ये जीवन बीमा समूहबाहेक सबै समूहकोे शेयर ओरालो लागेको छ । सो समूहको शेयर ६६ दशमलव १९ अंकले घट्दा बाँकी १२ समूहको सूचक भने उकालो लागेको छ । जसमध्ये समूह बैंकिङ १४ दशमलव २४, व्यापार समूह ८ दशमलव ४१, होटल तथा पर्यटन १९ दशमलव २९, विकास बैंक समूह ७० दशमलव ३३, जलविद्युत् समूह १३ दशमलव ९१, वित्त समूह ९३ दशमलव ७८, निर्जीवन बीमा समूह १४ दशमलव ४, उत्पादन समूह ५ दशमलव शून्य ९, अन्य समूह ८ दशमलव ११, लघुवित्त समूह ३३ दशमलव ९३, सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य १ र लगानी समूह शून्य दशमलव ४ बिन्दुले उकालो लागेको छ ।

त्यस्तै कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४५ करोड ४७ लाख ४७ हजार रुपियाँको शेयर कारोबार भएको छ । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३५ लाख ३३ हजार, एनआईसी एसिया बैंकको १९ करोड ९५ लाख १९ हजार, निर्धन उत्थान लघुवित्तको १९ करोड ९० लाख ६१ हजार र नबिल बैंकको १८ करोड ३० लाख ९० हजार रुपियाँको कारोबार भएको छ।इस दिन सेन्ट्रल फाइनान्सको ६ दशमलव ९८, समृद्धि फाइनान्सको ६ दशमलव ७९, मञ्जुश्री फाइनान्सको ६ दशमलव ६६, प्रागेसिभ फाइनान्सको ६ दशमलव ५९ र आईसीएफसी फाइनान्सको ६ दशमलव ५२ प्रतिशतले शेयर मूल्य बढेको छ ।यसैगरी सानिमा लार्ज क्याप फन्ड, सीईडीबी हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, ग्लोबल आइएमई समुन्नत स्किम एक र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले भने गुमाएका छन् ।