परिचय बलिउड सुन्दरी बोल्न आउँदैन हिन्दी


बलिउड फिल्ममा लामो समयदेखि काम गरिरहेका र हिट फिल्म दिँदै आएका त्यस्ता अभिनेत्री पनि धेरै छन्, जो हिन्दी फिल्म खेलेर प्रसिद्धि कमाए पनि हिन्दी भाषा भने बोल्न भने सक्दैनन्। उनीहरु हुन्

कट्रीना कैफ

चर्चित बलिउड अभिनेत्री कट्रीना कैफ हङकङमा जन्मेर लन्डनमा हुर्किएकी हुन्। लण्डनमा हुर्किएकीले उनलाई राम्रोसँग हिन्दी बोल्न भने आउँदैन। सन २००३ मा फिल्म बुममार्फत बलिउड प्रवेश गरेकी कट्रीना हिन्दी भाषा बुझे पनि फर्काउन जान्दिनन। मेने प्यार क्यु किया, पार्टनर, टाईगर जिन्दा हेजस्ता दर्जनौं हिट फिल्मकी अभिनेत्री उनी हिन्दी भाषा सिक्न कोशिश गर्दै छिन्।

ज्याकलिन फर्नान्डिस

श्रीलंकन मुलकी चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई पनि हिन्दी भाषा राम्रो बोल्न आउँदैन। मर्डर २, हाउसफुल २ जस्ता थुप्रै फिल्ममा काम गरेकी उनी आप्mनो हिन्दी राम्रो बनाउनका लागि मेहनत गर्दै छिन्।

सन्नी लियोनी

क्यानडामा पन्जावी परिवारमा जन्मिएकी पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीलाई अलि अलि पन्जावी बोल्न आए पनि उनी हिन्दी राम्रोसँग बोल्न जान्दिन्नन्। उनी पनि हिन्दी बोल्न कोसिस गरीरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन्।

एमि ज्याक्सन

थुप्रै हिन्दी फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री एमी ज्याक्सनलाई पनि हिन्दी बोल्न आउँदैन। डगलसमा जन्मिएकी उनी हिन्दी भाषा बोल्न नजान्ने कारण राम्रो बनाउन मेहनत गरिरहेकी छिन्। उनले केही हिन्दी, तामिल तथा तेलेगु फिल्ममा अभिनय गरेकी छिन्।

नोरा फतेही

क्यानेडियन डान्सर तथा बलिउड अभिनेत्री नोरा फतेहीलाई पनि हिन्दी बोलचालमा समस्या छ। मुलतः हिन्दि फिल्ममार्फत चर्चित अंग्रेजी भाषी उनले तामिल, तेलुगु तथा मलायलम फिल्ममा पनि अभिनय गरेकी छिन। उनी पनि आप्mनो हिन्दी राम्रो बनाउनेतिर ध्यान दिईरहेकी छिन।

नरगिस फाखरी

न्युयोर्कको क्विन्समा जन्मेकी अभिनेत्री नरगिसले न्यूयोर्कबाटै आप्mनो पढाइ पूरा गरेकि हुन्। बलिउड प्रवेश गर्दा हिन्दी भाषा नबुझ्ने उनी हाल हिन्दी भाषा बुझ्छिन् भने बोल्न पनि मेहनत गरेर सिकिरहेकी छिन्।

एभलिन शर्मा

जर्मन मोडल तथा बलिउड अभिनेत्री एभलिन शर्मालाई पनि राम्रोसँग हिन्दी बोल्न आउँदैन। जर्मनीमा जन्मिएकी एभ्लिनले ए जवानी हे दिवानी, मे तेरा हिरो, कुछ कुछ होता हे, साहो जस्ता हिट फिल्मार्फत लोकप्रीयता कमाए पनि कमजोर हिन्दीका कारण हिन्दी सिक्न तत्पर छिन्।

लिजा हेडन

तामिल बाबू तथा अस्ट्रेलियाली आमाकी सन्तान लिजा चेन्नईमा जन्मिएकी भए पनि सानैमा परिवारका साथ अस्ट्रेलिया गएकी कारण हिन्दी भाषा बोल्न जान्दिनन्। बलिउड अभिनेत्री एवम् मोडल उनी पनि हिन्दी भाषा राम्रो बनाउँदै छिन्।