पछिल्लो २४ घण्टामा थप २३७० जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

168
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा २३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७६८९ पीसीआर परीक्षणमा १६९० जना र ३८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएकोस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप ११३३ जना निको भएका छन् ।