अमेरिकाले दिएको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो

1.6k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अमेरिकाले उपहार स्वरुप उपलब्ध गराएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् कोारेनाविरुद्धको १५ लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।

एक डोज मात्र लगाए हुने उक्त खोप अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । जोनसन एण्ड जोनसनको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको छ ।