दुवै डोज खोप लिएका नेपालीलाई कतार प्रवेश सहज

840
Shares

काठमाडौँ, (नेस) ।

कतार सरकारले आफ्नो देश प्रवेश गर्ने विदेशी कामदारका लागि जारी गरेको मापदण्डमा संशोधन गर्दै कोरोना विरुद्धको दुवै डोज लगाएकाहरूलाई क्वारेन्टिनमा बस्नु नपर्ने घोषणा गरेको छ ।

रोजगारीका लागि कतार जाने नेपालीहरूले पनि कोरोना विरुद्धको दुवै डोज खोप लगाएकालाई क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । दोहास्थित नेपाली दूतावासले सोमबारदेखि संशोधित उक्त मापदण्ड लागू हुने जनाएको छ ।

कतारमा कोरोनाको दुवै डोज लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका तथा कतारले मान्यता दिएका फाइजर बायोन्टेक, मोडर्ना, एस्ट्राजेनिका र जोनसेन एन्ड जोनसेन खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएकाहरूले क्वारेन्टिन बस्नु नपर्ने कतार सरकारले उल्लेख गरेको छ । खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएका जुनसुकै व्यक्तिलाई भिसा जारी गर्न सकिने राजदूतावासले जनाएको छ ।