जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

224
Shares

काठमाडौँ, (नेस) ।

जनता समाजवादी पार्टीको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच भएको एकीकरण त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।

तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता कालदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र हालको संविधान ऐन, कानुनविपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गरी पाऊँ भनी सर्वोच्चमा रट दायर गर्नुभएको हो ।

रिटमा मुद्दा टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्यविभाजन, कारवाहीलाई यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ ।