एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटी बैठक

224
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटी बैठक बोलाएका छन् । ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धामा फैसला आउने भएपछि ओलीले पर्सि केन्द्रीय कमिटी बैठक बोलाएको हुन् । ओलीले यसरी सर्वोच्चको फैसलाको भोलिपल्ट नै बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैठकको एजेण्डाबारे नखुलाइए पनि सबै केन्द्रीय सदस्यहरुलाई एसएमएस पठाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।