खोप लगाउन इच्छुक १८ वर्ष माथिका नागरिकले अनलाइन फारम भर्नुपर्ने ?

13.7k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईमा खटिएका कर्मचारी, जनप्रतिनिधिहरु, कुटनैतिक नियोगमा आवद्ध कर्मचार र उनीहरुका परिवार, यूएन एजेन्सी, राजदूतावासका कर्मचारी तथा परिवार पत्रकार, जेष्ठ नागरिकहरु गरि ७ लाखले दुबै डोज र झण्डै २७ लाखको हाराहारीमा एक डोज खोप लगाएका छन् ।

यी बाहेकका सर्वसाधारण १८ बर्ष उमेर पुगेका र खोप लगाउन इच्छुक व्यक्तिलाई अनलाईन फम भर्न स्वास्थ्य मन्त्रालयले वेभ साईड तोकेको छ । दोस्रो लहरमा खोपबाट बन्चित भएका युवा पुस्ताहरु धेरै संक्रमित हुनुका साथै अकालमा ज्यानै समेत गएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय खोप खरिद तथा अनुदानका लागि विभिन्न मुलुकसँग आग्रह गरेसँगै खोप भित्रिने त्रम पनि जारी नै रहेको अवस्थामा खोप व्यवस्थापन तथा वितरणमा अझ सहज होस भन्ने हेतुले पहिलो मात्रा खोप लगाउँन इच्छुक नागरिकलाई अनलाई फम भर्न समेत अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको वेभ साईड डब्लु डब्लु डब्लु डट भ्याक्सिन डट एमओएजपी डट जिओभी डट एनपी टाईप गरि माग गरिएको व्यक्तिगत विवरण विस्तृत रुपमा भर्न अनुरोध गरिएको छ । यो दर्ता फारमबाट प्राप्त विवरण पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्नका लागि सहज हुने मन्त्रालयको धारणा रहेको छ ।