सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा ५ नम्बर गण उद्घाटन

364
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उदयपुरस्थित सशस्त्र प्रहरी बल नम्बर ५ गणको उद्घाटन गर्नुभएको छ । आइतबार त्रियुगा नगरपालिका वार्ड नं। ९ मा नबनिर्मित गणको उद्घाटन गर्नु हुंदै उहाँले सांगठनिक संरचना समयानुकुल परिमार्जन गर्दै लैजाने सिलसिला अन्तर्गत तत्कालीन त्रियुगा गुल्मलाइ गणमा स्तरोन्नति गरिएको बताउनुभयो ।

रास्ट्रसेवक कर्मचारीहरूले देखाएको इमान्दारिता , अनुशासन , बफादारिता , कर्तव्यपरायणता तथा उच्च समर्पण भावका कारण संगठन यो स्थान सम्म आइपुगेको स्मरण गर्नु हुँदै महानिरीक्षक खनालले सिमा सुरक्षालाइ प्रभावकारी बनाउन २ सय २४ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको र यो बर्ष १ सय २० वटा थप गर्ने लक्ष्यका साथ आवश्यक तयारी र गृहकार्य भइरहेको बताउनु भयो ।

छाङ्देखि ओलाङ्चुङ गोलासम्म र हिल्सादेखि किमाथाङ्कासम्म तैनाथ भएर संगठनका रास्ट्रसेवक कर्मचारीहरु भौगोलिक विकटता र प्रतिकुल मौसमका बावजुद उच्च मनोबल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको बताउनु हुँदै उहाँले मनसुनजन्य उद्धारमा तत्काल र जुनसुकै बेला परिचालित हुनको लागि तयारी हालतमा बस्न समेत निर्देशन दिनुभयो । उहाँले सो क्रममा भन्नुभयो, ‘आगामी कार्तिक २६ र मंसिर ३ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलार्इ सुरक्षित र मर्यादित रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाइ सशक्त बनाउनुस् ।’