एआईजीमा बढुवा भएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान

280
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी)मा बढुवा भएका सहकुल बहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा एक विशेष समारोहकाबीच एआईजीमा बढुवा भएका थापालाई प्रहरी महानिरीक्षक शैलेश थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

एआईजीपी थापालाई एआईजीको दरबन्दी थप गरी सरकारले एआईजीपी बढुवा सिफारिस समितिले सिफारिस गरेपछि डिआईजीपीबाट एआईजीमा बढुवा भएका थिए । यससँगै नेपाल प्रहरीमा एआईजीपीको संख्या ५ पुगेको छ । दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा नेपाल प्रहरीका बरिष्ठ अधिकारीको सहभागिता रहेको थियो । एआईजीको दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै थापाले मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व सम्हालेका छन् ।