रकम दुरुपयोग नभएको गाउँपालिकाको दाबी,’राजनीतिक पूर्वाग्रही ढंगले समाचार लेख्नु गलत’

1.8k
Shares

ललित सिंह, बझाङ ।

खप्तड छान्ना गाउँपालिकाले नयाँ निर्माण गरिएको कृषी शाखा भवनको थप कामको ठेकेदारलाई भुक्तानी दिनु पर्ने रकमको प्रकृया गलत भएपनि तर रकम भने दुरुपयोग नभएको बुझिएको छ । पालिकाको कृते योजना बनाएर रकम दुरुपयोग गरेको भन्ने समाचार बिभिन्न समाचार माध्याममा आएपछि गाउँपालिकाको उक्त योजनामा ध्यानाकर्षण भई भुक्तानी दिने प्रकृयामा पालिका चुकेको तर रकम दुरुपयोग गर्ने नियत कसैको नभएको हुँदा यो योजनामा भ्रष्ट्राचार भयो भन्नु उपयुक्त नभएको गाउँपालिकाका जन प्रतिनिधी र कर्मचारीहरुको दाबी रहेको छ ।

कृते बनाईएको सिल्का घट्ट सिचाई कुलाको नाममा भुक्तानी प्रकृयामा रहेको १४ लाख ८ हजार ८१७ रुपयाँको रकम भुक्तानी नभएर पालिका कै खातामा छ । तर यो रकम भुक्तानी भएमा कृषी भवनको थपकाम गर्ने ठेकेदार बिष्णु मल्ललाई दिने योजना बनाएको बताइएको छ । कृते योजना सम्बन्धी समाचारका सन्दर्भमा यथार्थ केहो भनेर बुझबिस्तार गर्दा राखेको जिज्ञासामा निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपक रावलले भने, कृषी शाखा भवनको थप काम बाँकी भएकाले ठेकेदारलाई काम गर्न पालिकाले नै अनुमती दिएर उहाँको १५ लाख जती खर्च भएको थियो । ठेकेदारको भुक्तानीको लागी कार्यपालिकाले नै निर्णय गरेको भए पनि भुक्तानी दिने प्रकृया भने गलत भएको स्वाईकार गरे । उहाँले आर्थीक बर्षको अन्तिममा कामको चाप बढी भएकाले कृते योजना आएको थाहाँ नपाएको बताए । उनले पछि चेक बैकंमा गई सकेपछि थाहाँ पाएर रोक्न लगाएको समेत बताए । ठेकेदार मल्लले आफ्नो सजिलोका लागी स्थानीय समशेर रोकाया संग मिलेर कृते योजना बनाएका थिए ।

संजिवनी निर्माण सेवाका ठेकेदार बिष्णु मल्लले दुई बर्ष अगाडी कृषी भवनको ठेक्का लिएर काम सम्पन्न गरेका थिए तर भवनको डिजायन स्टमेटमा छुटेको थप काम गर्न मल्ललाई नै जिम्मा दिएपछि उनले १५ लाख जतीको खर्च गरेर दिएको काम सम्पन्न गरेका छन् । काम सकिए पछि ठेकेदार मल्ल गाउँपालिकामा भुक्तानीको लागी पटक पटक धाउदै आएका थिए । ठेकेदारको भुक्तानी दिने सन्दर्भमा गाउँकार्यपालिकाको बैठकले गएको मंसिर ७ गते नै रकम दिने भन्ने निर्णय गरेको थियो । ठेकेदार मल्लको भुक्तानी दिनेमा सबै सहमत थिए , तर कुन प्रकृयाबाट दिने भन्ने दुबिधा थियो गाउँपालिकाका ईन्जीनियर सुरेन्द्र खातीले भने ठेकेदारले आफ्नो सजिलोको लागी नक्कली योजना बनाएर भुक्तानी लिने प्रयास गरेको भएपनि भष्टाचार गर्ने कसैको नियत नभएको समेत बताए । बिभिन्न मिडियामा आएको अर्को योजना बास्काटिया देखी चौका सम्मको सडकमा समेत किर्ते योजना बनाई भुक्तानी लिएको भन्ने कुरा गलत भएको समेत उनले दाबी गरे । उनले भने त्यो सडकमा यसै आर्थिक बर्षमा काम भएर अझै भुक्तानी गर्न समेत बाँकी रहेकाले बताए । कृते योजनाका उपभोक्ता समितीका अध्यक्ष समशेर रोकायाले भने गाउँपालिकाबाट मेरो भुक्तानी लिनु छ ,एउटा योजना बनाएर कागज पत्र मिलाई दिनु पर्यो भनेपछि आफुले ठेकेदार मल्लको सहयोगका लागी योजना बनाई दिएको बताए । उता ठेकेदार बिष्णु मल्लले भने मेरो १५ लाख भुक्तानी लिन बाँकी थियो, पालिकाले पनि दिने निर्णय गरि सकेकको थियो । तर गाउँपालिकाले मलाई भुक्तानी लिने उपाय नबताए पछि मैले हतारमा सजिलोका लागी समशेर रोकाया संग एउटा बनावटी योजना बनाएर मेरो खर्च भएको रकम लिन खोजेको हुँ ,यसमा प्रकृया गलत भयो भनेर हल्ला खल्ला भएपनि यसमा कोही कसैको गलत आसय नभएको बताए । उनले भने रकम निकासाका लागी गरेको उपाय गलत भएपनि आफुले भने १५ लाख रुपायाँ पाउनु पर्ने दाबी गरे । उनले गाउँपालिकाको कृषी भवनमा स्टमेटमा नभएको थप काम सालको ढोका, झ्यालका ग्रिलहरु , खानेपानी निर्माण , तल्लो तलाको प्लम्बि· कार्य, ट्वाईलेटमा टायल हाल्ने , रंग रोगन, हाउस वाईरि· लगायतका काम गरेको दाबी छ । कृते योजना बनाएर ठेकेदारको काम गरेको भुक्तानी दिने गलत कार्यको बहिर आई सकेपछि प्रमुख जिल्ला अधिकारीले थप अनुसन्धान गरिरहेको छ ।

यसै कृर्ते योजना भन्ने समाचारमा जोडिएको पसलबगर चौका सड्क समाचारको बिषयलाई लिएर खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ले बिज्ञप्ती निकाल्दै वडा अध्यक्ष संग योजनाको बिषयमा बुझ बिस्तार नगरि राजनीती पुर्वाग्रह गरि समाचार समाचार सप्रेषण गरेकामा आपत्ती जनाएको छ । केही मिडियाहरुले यसै आर्थिक बर्षमा सम्पन्न पसलबगर चौका सडक समेत किर्ते गरेको भन्दै समाचार संप्रेषण गरेका थिए ।