पशुपतिनाथ जलहरी प्रकरण: सुन खरिद प्रक्रियामा नै अनियमितता ?

742
Shares

काठमाडौँ, नेस ।

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी च्यातिएको विषयमा अनुसन्धान शुरू गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन खरिदमा समेत अनियमितता भएको आशंका गरेको छ ।

कोषका पदाधिकारीको मिलेमतोमा सुन खरिदमा अनियमतिता भएको भन्दै कोषका सदस्य सचिव डा. प्रदिप ढकाललाई छानविनको दायरामा ल्याउन ल्याएको बताइएको छ ।

सुन खरिद प्रक्रियामा सामेल रहेका सदस्यसचिव ढकालले ३५ लाखभन्दा बढी अनियमितता गरेको भन्ने छुट्टै उजुरीको समेत अख्तियारले छानबिन शुरू गरेको बताइएको छ ।

कोषका एक कर्मचारीले नाम नबताउने सर्तमा भने सदस्य सचिव मात्र होइन अन्य पदाधिकारीले समेत सुन खरिद प्रक्रियामा अनियमितता गरेको पाइकाले उनीहरूविरुद्ध पनि अख्तियारमा उजुरी गर्ने तयारी गरेका छौं ।

अख्तियारले सुन खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको छ भने जलहरी कसरी च्यातियो भन्ने विषयमा पनि छानबिन शुरू गरेको आयोगले जनाएको छ ।

नेपाल सरकारले उपलब्ध गराएको ३० करोड र कोषले व्यवस्थापन गरेको ५० करोड रुपियाँबाट १ सय ८ किलो सुन खरिद गरिएको थियो । सुन खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै आयोगमा उजुरी परेपछि छानबिन प्रक्रिया अगाडि बढेको छ ।

कोषका सदस्य सचिव ढकालले आफूले कुनै अनियमितता नगरेको जिकिर गर्दै आयोगले मागेको कागजात दिन कोष तयार रहेको बताउनुभयो ।

अहिलेको टिमले गरेको कामप्रति इष्र्या गर्नेहरूबाट आफुहरूलाई बदनाम गराउने कोषिस भएको उहांले बताउनुभयो । सुन खरिद प्रक्रियामा राष्ट्र बैंक नै सामेल भएकाले घोटाला हुने सम्भावना नै नरहेको सदस्य सचिव ढकालले दाबी गर्नुभयो ।