एमाले एकता कार्यदल बैठक सहमति नजिक, भोलि निष्कर्षमा पुग्ने

182
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित एकता कार्यदल सहमति नजिक पुगेको छ । शनिबार साँझ बसेको कार्यदल बैठक सहमति नजिक पुगेको अध्यक्ष ओली समूहका कार्यदल संयोजक सुवास नेम्वाङले बताए ।

उनले भोलि बिहान नै अन्तिम टुंगोमा पुग्ने गरी आजको बैठक सकिएको समेत बताएका छन् ।  उनले बर्षौदेखि जारी विवाद एकैदिनमा निमिट्यान्न हुन नसक्ने भन्दै विभिन्न चरणमा छलफल हुनुलाई अन्यथा लिन नहुने बताए ।

सर्वोच्चको अदालतले नेकपा विभाजनको फैसला गरेपछि अध्यक्ष ओलीले एकलौटी तरिकाले पार्टी सञ्चालन गरिरहेका भन्दै वरिष्ठ नेता माधव नेपाल समूहले देशभर समानान्तर गतिबिधि गर्दै आएको छ । यस्तै प्रधानमन्त्री समेत रहेका अध्यक्ष  ओलीले दोस्रो पटक संसद विघटन गरेपछि नेपाल समूह बिपक्षी गठबन्धनमा सामेल भएको थियो ।