पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

112
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । मन्त्रायलयका अनुसार आज थप १४३२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।