विकास बैंकप्रति लगानीकर्ताको आकर्षण बढ्यो


नेपाल समाचारपत्र, काठमाडौं  ।

लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले बढेको छ । अप्रत्यासित ढंगले विकास बैंकप्रति लगानीकर्ता झुम्मिँदा समग्र परिसूचक २३ दशमलव ९७ अंकले बढेर २८२५ दशमलव १० बिन्दुमा पुगेको हो । कुल २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर ४ अर्ब ८१ करोड ५५ लाख रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ३९ खर्ब २९ अर्ब ८६ करोड १४ लाख रुपियाँ पुगेको छ ।

बिहीबार कारोवार भएका १३ समूहमध्ये दुई समूहको परिसूचकमात्रै ओरालो लागेका छन् । बाँ ११ समूहको परिसूचक भने वृद्धि भएको छ । व् जसमध्ये व्यापार समूह २० दशमलव ६ र अन्य समूहको शेयर १२ दशमलव शून्य १ अंकले ओरालो लागेको हो । त्यसैगरी बैंकिङ समूह १७ दशमलव ८१, होटल तथा पर्यटन समूह १४ दशमलव ६५, विकास बैंक ८९ दशमलव ५७, जलविद्युत् ५२ दशमलव शून्य ६, वित्त ६४ दशमलव ९५, निर्जीवन बीमा समूह ४ दशमलव २३, उत्पादन समूह २३ दशमलव ८९, लघुवित्त समूह ६८ दशमलव २९, जीवन बीमा ४२ दशमलव शून्य २, सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ३ र लगानी १ दशमलव १३ अंकले बढेको नेप्से जनाएको छ ।

यस कारोबार रकमका आधारमा नेपाल बैंक अगाडि रहेको छ । सो बैंकको २१ करोड ५२ लाख ९१ हजार रुपियाँको शेयर कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १७ करोड ४६ लाख ४८ हजार, एनआईसी एसिया बैंकको १६ करोड ७९ लाख ६४ हजार, नेपाल पूर्वाधार बैंकको १३ करोड ९९ लाख २५ हजार र माथिल्लो तामाकोसीको १२ करोड ९५ लाख ३६ हजार रुपियाँको शेयर कारोबार भएको छ ।

समग्र परिसूचक दोहोरो अंकले बढेको दिन गुहेश्वरी मर्चेन्ट बैंक ९ दशमलव ४७, जोशी हाइड्रोपावर ५ दशमलव ७७, घलेम्दी हाइड्रोपावर ५ दशमलव ६६, यूनियन हाइड्रोपावर ५ दशमलव २८ र मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले ५ दशमलव शून्य ९ प्रतिशतले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्सको ऋणपत्र, सानिमा लार्ज क्याप फन्ड, नेपाल दूरसञ्चार कम्पनी र सीईडीबी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।