नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाडौं, (नेस) । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा हुँदै आएको गिरावट बुधबार पनि कायमै रहेको छ । यस दिन नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ बिन्दुमा झरेको छ।

यस दिन २२२ वटा कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार रुपियाँमा कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा सामान्य बढी हो । यस दिन छिमेक लघुवित्तको सबैभन्दा धेरै ४३ करोड रुपियाँको शेयर कारोबार भएको छ । साथै माथिल्लो तामाकोसीको २६ करोड १६ लाख, हिमालयन डिस्टिलरीको २३ करोड ५३ लाख, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख र निर्धन उत्थान लघुवित्तको १३ करोड ९८ लाख रुपियाँबराबरको शेयर कारोबार भई उच्च कारोबार हुने कम्पनीको सूचीमा अग्रस्थानमा रहेका छन् ।

बुधबार कारोबारमा आएका १३ समूहमध्ये २ वटा समूहको परिसूचकमात्रै बढेका छन् । बाँकी ११ समूहको परिसूचकमा गिरवट आएको छ। बुधबार हाइड्रोपावर समूहको सूचक सबैभन्दा धेरै २ दशमलव १६ प्रतिशतले घटेको छ।

त्यस्तै सिभिल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३ दशमलव १६ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको २ दशमलव ८४ प्रतिशत, साधना लघुवित्तको २ दशमलव ५९ प्रतिशत, कालिका माइक्रोको २ दशमलव ३३ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको २ दशमलव १५ प्रतिशतले बढेको छ।

एता माथिल्लो तामाकोसीको शेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव ४५ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मर्दी हाइड्रोपावरको ५ दशमलव १९ प्रतिशत, राधी विद्युत्को ३ दशमलव ७३ प्रतिशत, शिवश्री हाइड्रोपावरको ३ दशमलव ५५ प्रतिशत र घलेम्दी हाइड्रोको ३ दशमलव २८ प्रतिशतले घटेको छ।