छुटिने भए अमिर र किरण

8.74k
Shares

बलिउड अभिनेता अमिर खान र निर्देशक किरण रावले १५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका छन्।

सन् २००५ मा विवाह बन्धनमा बाँधिएका उनीहरूले हालै एक वक्तव्य जारी गर्दै आफूहरूले सम्बन्ध विच्छेद गर्न लागेको घोषणा गरेका हुन्। अमिर र किरणले आफ्नो छोरा आजादको संयुक्तरूपमा पालन पोषण गर्ने जनाएका छन्। सम्बन्ध विच्छेदको फैसला लिएको एक दिनपछि आइतबार उनीहरूले सँगै फेसबुकमा लाइभमा आएर छुटिने निर्णयमा आफूहरू खुसी रहेको बताएका छन्।

अमिर र किरणको कुराकानी फिल्म लगानको सेटमा भएको थियो। अमिर खानको अभिनय रहेको फिल्म लगानमा सहायक निर्देशकको रूपमा काम गर्ने क्रममा उनीहरूको दोस्ती बढेको थियो। अमिरले पहिलो विवाह बाल्यकलकालको साथी रीना दत्तको साथमा २२ वर्षको उमेरमा गरेका थिए। रीनासँगको १६ वर्षे दाम्यत्य जीवनमा दरार आएपछि छुट्टिएका अमिरले त्यसको ती वर्षपछि किरणसँग दोस्रो विवाह गरेका थिए।