नितुको जन्मदिनमा बालबालिकालाई शैक्षिक र खाद्य सामग्री



नेवार सुन्दरी नितु डंगोलले आफ्नो जन्मदिन बालबालिकाका साथ मनाएकी छिन्।

मिस नेवाः ११३९ नितु डंगोलले शुक्रबार परेको आफ्नो जन्मदिन नयाँ बानेश्वरको संगम चोकमा अवस्थित अनाथ आश्रम न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकाका साथ मनाएकी हुन्। उनले आश्रममा आश्रित ४० जना बालबालिकाका बीच केक काटेर जन्मदिन मनाइन्। सो अवसरमा नितुले बालबालिकाको अध्ययनमा सघाउन उनीहरूलाई कापी, कलम, इरेजर, कटरलगायतका शैक्षिक सामग्री उपलब्ध गराएकी थिइन्। डंगोलले बालबालिकाको खानपानमा सघाउन दाल, चामल, तेललगायतका खाद्य सामग्री पनि उपलब्ध गराएकी थिइन्।

आफ्नो जन्मदिन फजुल खर्च गरेर मनाउनुको साटो बालबालिकाको दैनिकी र शिक्षामा सघाउन खाद्यान्न तथा कपी कलम उपलब्ध गराउँदा आत्मसन्तुष्टि मिलेको डंगोलको भनाइ छ। डंगोलले मिस नेवाः को आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, नयाँ मिस नेवाः कृषा महर्जन, फस्ट रनर्सअप प्रिया तुलाधरलगायतका साथ आश्रममा पुगेर सहयोग गरेकी थिइन्। डंगोल २०७६ सालकी मिस नेवाः हुन्।

प्रतिक्रिया दिनुहोस्