शेयर बजार स्थिर


काठमाडौं, (नेस) ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) यस साता स्थिरजस्तै देखिएको छ । कुल पाँच कारोबार तीन दिन बढेर दुई ओरालो लाग्दा नेप्से परिसूचक अघिल्लो साताको बिन्दुमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक स्थिर भएसँगै कुल बजार पुँजीकरण पनि स्थिर रहेको छ । नेप्सेको कुल बजार पुँजीकरण ३९ खर्ब ४९ अर्ब रुपियाँ रहेको छ ।

अन्य सूचक स्थिर रहे पनि यस साता कारोबार रकममा भने कमी आएको छ । यस साता ३४ अर्ब १६ करोड रुपियाँमा १० करोड ३ लाख कित्ता शेयर किनबेच भएको छ । अघिल्लो साता गत साता ४९ अर्ब १२ करोडको शेयर कारोबार भएको थियो ।