अनुष्काको कपडा लिलामीमा

5.8k
Shares

बलिउड अभिनेत्री अनुष्का शर्माले गत जनवरीमा छोरी जन्म दिइन् । गर्भवती अवस्थामा अनुष्काले स्टाइलिस कपडाहरूमा विभिन्न पोज दिँदै फोटोसुट गराएर चर्चामा कमाइन् ।

गर्भवती अवस्थामा उनले लगाएको कपडाको मूल्यले पनि खुब चर्चा पायो। उनले लगाएको एक कपडाको मूल्य ४५ हजार रहेको चर्चा थियो। अब उनले गर्भवती अवस्थामा लगाएको स्टाइलिस्ट कपडा लिलामीमा राखेकी छिन्। भारतीय सञ्चार माध्यम अमर उजालामा प्रकाशित समाचार अनुसार अनुष्काले एक च्यारिटीका लागि एकदमै सस्तो मूल्यमा उक्त कपडा लिलामीमा राखेकी हुन्।

अनुष्काले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियोको माध्यमबाट उक्त लिलामीको घोषणा गरेकी हुन्। उनले भिडियोमा भनेकी छिन् ‘नयाँ कार्यको थालनीको घोषणा गर्दा म एक्साइटेड छु। जसको लागि मैले आफ्नो म्याटर्निटी वेयर लिलामीमा राखेकी छु। मैले ८ सय ५० देखि तीन हजरसम्म मूल्य राखेकी छु, यी कपडा निकै किफायती छन् ।’ केही समय अघि अनुष्काले यही कार्यमा सहयोग गर्नका लागि पति विराट कोहलीका साथ एक भिडियो शेयर गरेकी थिइन्।