पिताविरुद्व ब्रिट्नी

196
Shares

अमेरिकी गायिका ब्र्रिट्निी स्पेयर्स आफ्नो पितासँगको कानुनी मामलाका कारण चर्चामा छिन्। पिता जेमी स्पेयर्सको संरक्षणमा रहेकी ब्रिट्नीले यसबाट मुक्त हुन चाहेको भन्दै आवाज उठाइरहेकी छिन्।

उनले आफ्नो संरक्षणको विषयलाई लिएर अदालतमा एक अचम्मको बयान दिएकी छिन्। उनले आफू १३ वर्षदेखि पिताको संरक्षणमा रहेको र पिताले नै आफ्नो करिअर र जीवनबारे फैसला लिने गरेको बताएकी छिन्। अमेरिकाको एक अदालतमा ब्रिट्नीले आफूलाई यस्तो अपमानजनक संरक्षणबाट मुक्त गराउन र आफ्नो जीवनको निर्णय आफैंलाई दिन माग गरेकी छिन्। ‘अब त १३ वर्ष भइसक्यो। अब त अति नै भयो, मलाई मेरो जिन्दगी फिर्ता चाहियो’ उनले भनेकी छिन्। एजेन्सीका अनुसार सन २००८ देखि संरक्षकर्ताको अमेरिकी कानुनअनुरूप ब्रिट्नीको संरक्षण गरिरहेका पितासँग उनको व्यक्तिगत जीवनदेखि हरेक मामलामा फैसला गर्ने कानुनी अधिकार छ।
ब्रिटनीका अनुसार उनलाई पीताले केही वर्षदेखि लागुऔषध खुवाउने र जबर्जस्त उनको इच्छाविपरीतका काम गर्न बाध्य बनाएको तथा उनको शरीरमा गर्भवती हुन नसक्ने एक डिभाइस राखिएको छ। ‘म आफ्नो प्रेमीसँग विवाह गर्न र बच्चा जन्माउन चाहन्छु। तर, संरक्षणका बेला विवाह गर्न र बच्चा जन्माउन नहुने भनिएको थियो। मेरो शरीरमा राखिएको बर्थ कन्ट्रोल डिभाइसका कारण म गर्भवती हुन सक्दिन। म उक्त डिभाइस हटाउन चाहन्छु। तर, डाक्टरकोमा जान मलाई अनुमति छैन। किनभने मेरो पिता म गर्भवती नहोस् भन्ने चाहन्छन्’ उनले भनेकी छिन्।

पिताको संरक्षणबाट मुक्त हुन चाहेका ब्रिटनीको मागलाई लिएर अहिले अभियान नै चलेको छ। यो अभियानको नाम फ्री ब्रिट्नी रहेको छ। सेलिब्रेटीलगायत धेरैले उनको समर्थनमा आवाज उठाएका छन्।