छाउगोठमाथि टालो


सुदूर पश्चिमका गाउँसहित विभिन्न पहाडी भेगमा हालसम्म पनि प्रचलित छाउपडीको कुप्रथामाथि फिल्म बनेको छ। रिम विश्वकर्माको कथा तथा दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादनमा निहारिका फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई टालो नामक दिइएको छ।

फिल्म युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। फिल्ममा जसमा रिम विश्वकर्मा, अञ्जली खड्का, प्रेम देव गिरी, सुशीला सिंजापती, सुशीला सिं, उदय विक, गगन विक, एलिशा बादी, सम्झना बादी, खगेन्द्र केपी, भूपेश सोनी, खगेन्द्र जैसी, जमुना विकलगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा ऋषि खड्का मेलिना राई र शान्तीश्री परियारको स्वर, रमेश बिजी र ऋषि खड्काको शब्द रचना र उत्तम रिमालको द्वन्द्व निर्देशन रहेको छ।

मासिक श्रावको समयमा महिलालाई ६ दिनसम्म घरमा बस्न नदिई गोठ वा जंगलमा सानो गोठ बनाएर बस्न बाध्य गराइने कुप्रथा उन्मूलन गर्न सहयोग पु¥याउने उद्देश्यले टालो निर्माण गरिएको कथाकार तथा निर्माता रिम विश्वकर्माले बताए । वर्षाको समयमा वास्तविक छाउगोठमै पुगेर निर्माण गरिएकाले एकपटक सबैले यो फिल्म हेर्नुपर्ने निर्देशक दीपक श्रेष्ठ बताउँछन्। उनले पात्रमा जीवन्तता आओस् भन्ने हेतुले स्थानीय कलाकारलाई नै समावेश गराई फिल्म निर्माण गरिएको बताए।