मनीषाको आह्वानमा आयो ३३ थान अक्सिजन कन्सन्ट्रेटर


बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाको सक्रिय संयोजकत्व तथा आह्वानमा राजधानीमा अक्सिजन कन्सन्ट्रेटर आइपुगेको छ।

बोचन्सवासी अक्षर पुरुषोत्तम स्वामी नारायण संस्था, बेलायतबाट रवीन्द्रजंग लामिछानेको संयोजकत्वमा ३३ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौं आइपुगेको हो। ती अक्सिजन कन्सन्ट्रेटरको मूल्य ४१ लाख रुपियाँ हो। सबै अक्सिजन कन्सन्ट्रेटर एनसीभी नेपालको सहयोगमा दुर्गम क्षेत्रका हेल्थपोस्टका लागि उपलब्ध गराइने अभिनेत्री कोइरालाले जनाएकी छिन्।अक्सिजन कन्सन्ट्रेटर अक्सिजन उत्पादन गर्ने स्वचालित मेसिन हो। यसले विद्युतीय प्रणालीद्वारा अक्सिजन उत्पादन गर्ने काम गर्छ। यसका लागि छुट्टै सिलिन्डर आवश्यकता पर्दैन।