गैरआवासीय नेपाली संघ स्पेनको चारै क्षेत्रको अधिवेशन सम्पन्न



दिपेन्द्र गजुरेल । 
स्पेन- गैरआवाशिय नेपाली संघ क्षेत्रीय समिति क्यानरिया कमिटीमा सर्वसम्मतिमा कार्यसमिति चयन भएको छ। अध्यक्षमा निवर्तमान अध्यक्ष पवनलाल राजभण्डारीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष दामोदर प्रसाद न्यौपाने,उपाध्यक्ष मदन खड्का,सचिब पुष्पराज धिताल,सहसचिवआलेक्स गुरुङ, कोषाध्यक्ष सहारा लामा, युवा संयोजक रसिब खड्का, महिला संयोजक भावना भट्ट खड्का, सदस्यहरुमा पुजा थापा,सागर अधिकारी,रबिन ठकुरी,आरोब अधिकारी,एनसिसि केन्द्रिय सदस्यमा भिम बहादुर गुरुङ चयन भएको क्षेत्रीय समितिका निवर्तमा कोषाध्यक्ष दिपक प्रसाद आचार्यले बताए ।

यसैगरी सर्वसम्मत रुपमा पाईसभास्को विलबाउ क्षेत्रिय समितिमा पुर्व उपाध्यक्ष समेत रहेका अध्यक्षमा अर्जुन गुरुङको नेतृत्वमा उपाध्यक्षमा डिबेट राज कार्की,सचिव महेश पंगेनी,सहसचिव रोशन लम्साल,कोषाध्यक्ष दावा गेल्जेन शेर्पा,युवा संयोजक रमेश बास्तोला,सदस्यमा संतोष अधिकारी तथा एनसिसि प्रतिनिधि सदस्यमा मालती पन्थ चयन भएको निर्वाचन संयोजक केशव रिजालले बताए। यस्तै गैर आवासीय नेपाली संघ,म्याड्रिडमा अध्यक्षमा मेघनाथ ढकालको नेतृत्वमा,उपाध्यक्षमा देवि शर्मा,सचिवमा सागर श्रेष्ठ,सहसचिवमा मनमाया राई,कोषाध्यक्षमा ज्योती पुलामी मगर,महिला संयोजक झरना गुरुङ,सदस्यमा विरु गुरुङ र एनसिसि सदस्यमा सुजिल गोले सर्वसम्मत चयन भएको निर्वाचन संयोजक जिवन प्रसाईले बताए ।

यसैगरी कोस्टाब्लान्काको पहिलो अधिबेशन बेनीडर्ममा सम्पन्न भएको छ । अधिबेशनमा नयाँ कार्यकालको लागि मतदानको माध्यमबाट कार्यसिमती चयन गरिएको थियो । निर्वाचन समितीले दिएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा देवराज सापकोटालाई अर्का उमेद्वार अक्कलबहादुर बोहरालाई पराजित गर्दै विजयी भएका थिए । यस्तै उपाध्यक्षमा श्रीप्रसाद शेरचन विजयी भए भने उहाँले अर्का उमेद्वार केसरबहादेर थापालाई पराजित गरेका थिए। यस्तै सचिवमा अनुसिंह भण्डारीलाई पराजित गर्दै लक्ष्मण पाण्डे विजयी भएका छन् । सहसचिवमा बालकुमार बुढामगरलाई पराजित गर्दै चक्रप्रसाद बेल्वासे विजयी भएका छन् । कोषाध्यक्षमा झरना कार्की र महिला संयोजकमा मुना महत घिमिरे निर्विरोध निर्वाचित भएका छन् । युवा संयोजकमा प्रविण सुवेदीलाई पराजित गर्दै ईश्वर बुढाथोकी विजयी भएका छन् । यस्तै सदस्यहरुमा गंगा मुनिकर, धिरज पाण्डे, बिजया थापा, सन्देश नेपाल र सीमा सापकोटा निर्विरोध भएका छन् । यस्तै क्षेत्रबाट एनसिसि केन्द्रिय सदस्यमा रीता आर्चाय पनि निर्विरोध निर्वाचित भएका छन् ।

अधिबेशनमा नवनिर्वाचित कार्यसिमतीलाई पुर्व अध्यक्ष सुरेन्द्र भुजेल थापा र निर्वाचन समिती संयोजक लालबहादुर खत्री क्षेत्रीले प्रमाणपत्र वितरण गर्नु भएको थियो । पुर्व अध्यक्ष भुजेलले सहमतीमा नेतृत्व चयन गर्ने धेरै प्रयासहरु गर्दा पनि अन्त्यमा चुनावको बिधिबाट नै भएपनि स्वच्छ र निश्पक्ष रुपमा निर्वाचन गराएर कोस्टाब्लान्कामा एनआरएनएलाई संस्थागत गर्न सफल भएकोमा सवैलाई धन्यवाद दिनुभयो । कोस्टाब्लान्कामा ६ महिना अगाडी मात्रै क्षेत्रीय समितीको तदर्थ समिती गठन भएको थियो । एनआरएनए स्पेनको नेतृत्वको दौडमा वर्तमान उपाध्यक्ष उत्तर कुमार राई र वर्तमान कार्यसमिति सदस्य शालिग्राम डुम्रे विच कडा प्रतिस्पर्धामा छन भने डुम्रे काग्रेश पृष्ठभूमिका राजनिति चलखेल गर्ने ब्यक्ति हुन भने सामाजिक अभियन्ता राई स्वतन्त्र ब्यक्ति हुन । उपाध्यक्षमा सोनु राउत र भुपेन्द्र श्रेष्ठ विच कडा प्रतिस्पर्धा हुदैछ भने वर्तमान सचिव धुर्ब भट्टको महासचिवमा जित निश्चित जस्तै रहेको स्पेनबासीको भनाई रहको छ ।

प्रतिक्रिया दिनुहोस्