कृति अब फाइटर लेडी


बलिउड अभिनेत्री कृति सेननको हातमा अहिले धेरै फिल्म छन्। जुन फिल्ममा उनी विभिन्न रूपमा प्रस्तुत हुँदै छिन्।अब कृतिको हातमा अर्को एक फिल्म थपिएको छ, जसमा उनी फाइटर लेडीको भूमिकामा देखिने भएकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार कृतिलाई दर्शकले चर्चित हलिउड एक्सन थ्रिलर फिल्म किल बिलको हिन्दी रिमेकमा फरकरूपमा देख्न पाउने भएका हुन्।

फिल्ममा मुख्य भूमिकाका लागि फिल्मको टिम र कृतिबीच कुराकानी भएको र अब कृतिले छिट्टै फिल्म साइन गर्ने भारतीय अनलाइन पल पल इन्डियामा प्रकाशित समाचारमा जनाइएको छ।निखिल दि देवी फिल्मस्ले निर्माण गर्ने उक्त फिल्म निर्देशक अनुराग कास्यपले निर्देशन गर्ने भएका छन्।

चर्चित हलिउड निर्देशक क्वेन्टिन टेरिन्टोको निर्देशनमा सन् २००३ मा प्रदर्शित फिल्म किल बिलमा अभिनेत्री उमा थुर्मनले एक घातक महिला फाइटरको भूमिका निर्वाह गरेकी थिइन्।