निशान इण्डियाको नयाँ म्याग्नाइट नेपाल आउँदै


काठमाडौं, नेस ।

 निशान इण्डियाले आफ्नो नयाँ उत्पादन निशान म्याग्नाइट नेपाल, इण्डोनेशिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ । यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा प्रारम्भ गरिएको थियो । सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटा निशान म्याग्नाइट पूर्णरुपमा तयार गरिसकेको कम्पनीले जनाएको छ । तीमध्ये १३ हजार ७ सय ९० वटा भारतीय बजारमा गइसकेको थियो भने १ हजार २ सय २० वटा निर्यात गरिएको थियो ।

‘मेक इन इण्डिया, मेक फर वल्र्ड’ अवधारणासहित निर्माण गरिएको यो नयाँ सवारी साधन भारतमा सफलता बिस्तार गर्नुका साथै निर्माण भएको ३० दिनमा नेपालमा ७ सय ६० भन्दा बढी बुकिङ भएकाले यसले निर्धारण गरेको मासिक बिक्री १ हजार ५ सय ८० पूरा हुने विश्वास गरिएको छ ।

नयाँ उत्पादनको विशेषता र यसको सफल भविष्यबारे आफ्नो धारण व्यक्त गर्दै निशान मोटर इण्डिया प्रालिका अध्यक्ष सिनानओजकोकले भने–‘भारतीय उपभोक्ताले यसको नमूना र नयाँ प्रविधिलाई अत्यन्त रुचाएका छन् र भविष्यमा यसले आफ्नो बजार आक्रामकरुपमा अगाडि बढाउने छ ।’ निशान मोटर इण्डिया प्रालि जापानको निशान मोटर कम्पनीको शतप्रतिशत सहायक कम्पनी हो । यसले सन् २००५ देखि भारतमा उत्पादन थालेको हो । यसको कारखाना चेन्नईमा रहेको छ ।