नेप्से दोहोरो अंकले घट्यो



काठमाडौं, (नेस) ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९६ अंकले परिसूचकले घटेर २८४३ बिन्दुमा झरेको छ । बिहीबार २१९ वटा कम्पनीको १ करोड ३२ लाख १० हजार कित्ता शेयर ७ अर्ब ३ करोड ३६ लाख रुपियाँमा कारोबार भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६० प्रतिशत अर्थात ३ दशमलव १७ अंक घटेर ५२५ दशमलव ६४ बिन्दुमा झरेको छ । बिहीबार होटल तथा पर्यटन र जलविद्युत् समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूह घटेका छन् । बिहीबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड ८३ लाख रुपियाँको शेयर कारोबार भएको छ । यस दिन ३७ वटा कम्पनीको शेयरमूल्य बढेको छ । यी मध्ये अपर तामाकोशीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले बढेको छ । त्यस्तै समृद्धि फाइनान्सको ३ दशमलव ६५ प्रतिशत, रूरू जलविद्युत् कम्पनीको २ दशमलव ५६ प्रतिशत, कृषि विकास बैंकको २ दशमलव ३४ प्रतिशत र नेपाल हाइड्रो डेभलपरको २ दशमलव ३३ प्रतिशतले बढेको छ । त्यस्तै ङादी ग्रुप र नेपाल इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्