विराटचोक ।
पी.एल.ओ. ब्रान्डका ल्युब्रिकेन्ट उत्पादन गर्दै आएको पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सञ्चालक समितिबाट प्रस्तुत विभिन्न प्रस्तावहरू पारित गरेको छ।
साधारणसभाले कम्पनीको चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित भएका छन्।
यसैबीच, कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने तयारीलाई अघि बढाएको जनाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ।
आईपीओ निष्कासनमार्फत पुँजी विस्तार गरी व्यवसायलाई थप विस्तार गर्ने कम्पनीको योजना रहेको छ। कम्पनीले आईपीओबाट प्राप्त पुँजीलाई व्यवसाय विस्तार तथा आगामी योजनामा उपयोग गर्ने तयारी गरेको जनाएको छ।











प्रतिक्रिया