काठमाडौँ।
हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ। कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो।
सिटिजन्स क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका शेयर निष्कासन गर्नेछ। सिटिजन्स क्यापिटलका अनुसार पछिल्ला केही महिनायता आईपीओ निष्कासनको अनुमति पाउने यो पहिलो कम्पनी हो।
अनुमति प्राप्त भएसँगै हिम पर्वत हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपाली, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा सर्वसाधारणका लागि चरणबद्ध रूपमा शेयर निष्कासन गर्नेछ।











प्रतिक्रिया