काठमाडौँ।
मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ९२ करोड ४१ लाख ४२ हजार ६ सय रुपैयाँ बराबरको साधारण शेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ।
मुनलाईट हाइड्रोपावरले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। उक्त शेयरको कुल मूल्य ९२ करोड ४१ लाख ४२ हजार ६ सय रुपैयाँ रहेको छ।
शेयर प्रत्याभूति सम्बन्धी सम्झौतामा मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाईट हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कल्याण विक्रम न्यौपानेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार सर्वसाधारणका लागि प्रस्तावित शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्नेछ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ। क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिष्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ।











प्रतिक्रिया