मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एकै मन्त्रीको भागमा ५ मन्त्रालय

5.9k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतको फैसलापछि ५ सदस्यीयमा खुम्चिएको मन्त्रिपरिषदमा हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएइको छ।

त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री बसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विका स, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

भने मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।