भाग्य लेख्ने मसी


गीतकार शान्तिराम भट्टराईद्वारा रचित गीत भाग्य लेख्ने मसी सार्वजनिक भएको छ।गायिका प्राश्ना शाक्यद्वारा स्वरबद्ध गीतमा शक्ति बल्लभको संगीत र मनोहर सुनामको सगीत संयोजन रहेको छ। भाग्य लेख्ने मसी समग्र समाजको एक उदाहरण मात्र हो।

सबैले भोगेको कुरा नै समाजको ऐना बनेर सिर्जना आएको मात्र हो गीतकार भट्टराईले भने– मैले कोरेको कोरा शब्दलाई संगीतकार शक्ति बल्लभले संगीतको शाेर मिलाइ दिनुभयो भने गायिका प्राश्ना शाक्यले स्वरको माधुर्यता दिनुभयो। योसँगै संगीत संयोजक मनोहर सुनाम र भोला पौडेलको मिक्सिङले गीतले पूर्णता पाएको हो।

भाग्य लेख्ने मसीको स्टुडियोमा नै रेकर्डिङ अवस्थाको भिडियो तयार पारिएको छ। भिडियो सुरेश पन्तको छायांकन तथा सम्पादनमा निर्माण भएको हो। भिडियो म्युजिक खबरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।