यामीको वरमाला निर्देशकलाई


बलिउड अभिनेत्री यामी गौतम विवाह बन्धनमा बाँधिएकी छिन्। आफ्नो साथी तथा फिल्म उरीका निर्देशक आदित्य धरका साथ विवाह बन्धनमा बाँधिएकी ३२ वर्षीया उनले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा विवाहको फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी हुन्। आफ्नो परिवारको आशिर्वाद लिएर हामी आज एक विवाह समारोहबाट वैवाहिक बन्धनमा बाँधिएका छौँ।

माया र सम्बन्धको यात्रा शुरु गर्दै हामी तपाईंहरु सबैको आशीर्वाद तथा शुभकामना चाहन्छौ फोटो सेयर गर्दै उनले लेखेकी छिन्। आदित्य निर्देशनका साथै गीत तथा पटकथा लेखनमा समेत सक्रिय छन् भने फेयर एन्ड लभ्ली क्रिमको विज्ञापनमार्फत चर्चा कमाएर फिल्म क्षेत्रमा प्रवेश गरेकी यामीले बलिउडका साथै तेलुगु, तामिल तथा अन्य दक्षिण भारतीय फिल्ममा समेत अभिनय गरेकी छिन्।